हेड्लाईननेपाल सम्वाददाता
फाल्गुण ०३, काठमाण्डौ– प्रधानमन्त्री खड्गप्रसाद शर्मा (ओली)ले सरकारको पहिलोवर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमाअघि बढेको दाबी गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा (ओली)ले तीब्र आर्थिकविकास हासिल गरेको भन्दै यसखालको प्रगति गर्ने १० मुुलुकभित्र नेपाल पनि परेको बताए ।

‘मुलुकले तीव्ररूपमा विकास गरिरहको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, लगातार तीन ६.५ आर्थिकक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।’

प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्रतिशत गरीबीमा झरेको उल्लेख गर्दैं प्रदेशको आर्थिकविकास समान खालको भएको पनि जानकारी दिएका छन् । उनले श्रमबजारमा नयाँरोजगारीमा आएका बेरोजगार हुुनुपर्ने अवस्था नआएको जिकिरसमेत गरेका छन् । त्यस्तै श्रमबजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भएपनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बलियो जगमा उभिएको सरकारले अल्पकालीन र दीर्घकालीन विकास आरोहण वर्षका रुपमा यो वर्षलाई लिएर ७ शय ६१ वटा सरकार सञ्चालन भईरहेको बताए ।

‘सामाजिकसुरक्षा कार्यक्रम गरीबी घटाउन सहयोग पुगेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समग्रमा आर्थिकविकास नै बढेको छ, श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएको अवस्था छ ।’

सबै सरकारका लागि कर्मचारी प्रवर्द्धन र जनताको आकाङ्क्षा रहेको तीव्र विकास सङ्घीयता कार्यान्वयन भइसकेको नयाँ प्रणालीसँगै आएको चुनौतीसँगै काममा प्रष्टता आएको जानकारी गराउँदै कानूनहरु निर्माण भएर मौलिक हक कार्यान्वयनमा आएको भन्दै हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुऱ्याउन सरकार लागिरहेको उल्लेख गरेका छन् ।

‘कम्युनिष्टको सरकार बन्यो भनेर हाँस्न त के रुन पनि पाइँदैन भन्ने गतवर्ष हल्ला चलेको थियो तर वास्तविकता त्यस्तो थिएन, लोकतन्त्र सङ्कटमा परेको अधिनायकवाद आउन लागेको कुरा होइन ।’

नेपालको संविधान जारी गरेर नयाँव्यवस्थाका साथ सरकारअघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघिको जस्तो निधेष गर्नुपर्ने शासनप्रणाली अहिलेको शासन प्रणाली नभएको स्पष्ट पारे ।

‘लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा हो, हामीले आन्दोलनमा भेद छुट्याउन सक्नुपर्छ ।’

उनले राजनीतिक आन्दोलन सकिएको हुनाले राष्ट्रिय आकाङ्क्षाका पूरा गर्न सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभिभाराअघि बढिरहेको बताए ।

प्रतिकृया

प्रतिकृया