हेड्लाईननेपाल सम्वाददाता
फाल्गुण ११, काठमाण्डौ- प्रधानमन्त्री खड्गप्रसाद शर्मा ‌(ओली) निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चारसचिव महेन्द्र गुरूङ्ग र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलसहित ४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेल संयुक्त रुपमा सेक्युरिटी प्रिन्टिङ्ग प्रेस, भूउप-ग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा बिस्तार, कम्प्यूटर ल्याब र अप्टिकल फाईबर बिस्तारमा अनियमितता भएको भन्दै आईतबार अख्तियारमा उजुरी दिएका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चारमन्त्री बाँस्कोटाको अडिओटेप सार्वजनिक भएपछि गत विहीबार उनले नैतिकताको आधारमा राजीनामा दिईसकेका छन् । सार्वजनिक अडिओमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भ्रष्टाचार उद्योग कार्यमा सङ्लग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ ।

प्रतिकृया

प्रतिकृया