आइतबार बिहान धापासीस्थित ग्रान्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले मैनालीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन्। सवारी दुर्घटनामा परि घाइते भएका नेकपा (माले) महासचिव सिपी मैनालीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

गत बिहीबार झापाबाट काठमाडौ आउने क्रममा परिवारसहित रहेका मैनालीको महोत्तरीको बर्दिवासमा कार दुर्घटना हुँदा मैनालीसहित पाँच घाइते भएका थिए। मैनाली चढेको बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

प्रतिकृया

प्रतिकृया