हेड्लाईननेपाल सम्वाददाता
फाल्गुण २४, काठमाण्डौ- नेपाल वितरक सङ्घले कोरोना भाईरस (कोविड १९) को त्रास बढिरहेको अवस्थामा उपभोग्य वस्तुको बजारमा कृत्रिम अभाव खडागरी कालोबजारी नगर्न व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

अध्यक्ष राजेन्द्र सिम्खडाद्वारा जारी विज्ञप्तिमा चीनको बुहान शहरबाट शुरु भई विश्वव्यापी भईरहेको कोविड १९ भाईरसको प्रकोप बढ्दै गएको अवस्थामा पछिल्लोसमय उपभोग्य सामाग्री तथा वस्तुमा व्यवसायीहरुले कालोबजारी गरेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न सुझाएको हो ।

विश्वस्वास्थ्य सङ्गठनले नेपाल कोविड १९ भाईरस प्रकोप बढ्नसक्ने मुलुकको उच्च जोखिममा रहेको समाचार प्रकाशित भएपश्चात् बजारमा उपभोग्य वस्तुहरुको आपूर्तिमा उल्लेख्य कमीआई कालोबजारी शुरु भएको सन्दर्भमा वितरक सङ्घले समाचारमा आएजस्तो काम भए आफ्नो विभिन्न सरकारी नियमनकारी निकायहरुसँग समन्वय भईरहेको र अनुगमन गरी कारबाही हुनेसमेत चेतावनी दिएको छ ।

सङ्घले मानवीय सम्वेदनालाई ख्याल गरी कालोबजारी नगर्न तथा वास्तविक मूल्यभन्दा बढीमा सामान नबेच्न अनुरोध गरेको छ । त्यस्तै क्षेत्रीयसमिति तथा वस्तुगत उपसमितिलगायत सम्पूर्ण आफ्ना व्यवसायी सदस्यहरुलाई यस्ताखालका गतिविधिलाई निरुत्साहित गर्न र बजारमा निर्वाध रुपमा सामानको उपलब्धता गरिदिनसमेत अनुरोध गरेको छ । साथै, सङ्घले अनावश्यक रुपमा सामानको मौज्दात नगर्नसमेत सुझाएको छ ।


प्रतिकृया

प्रतिकृया