कोरोना भाइरस भारतमा समेत प्रवेश गरेपछि जनकपुरधामबाट भारतको बिहार राज्यको राजधानी पटनासम्म चल्ने नेपाल– भारतमैत्री बस सेवा बन्द भएको छ।

कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि सतर्कताअपनाउनका लागि बस सेवा बन्द भएको हो। नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत जनकपुरधामदेखि पटना सम्म चल्ने बस सेवा ३१ मार्च सम्मको लागि बन्द भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बताए।

कोरोना भाइरस संक्रमित भारतमा समेत रहेकाले जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालन बन्द भएको अध्यक्ष चौधरीले बताए।

करिब डेढ वर्ष पहिले जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र बिहारको पटनाबाट बिहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर नेपाल भारत मैत्रीपुर्ण बस सेवाको उद्घाटन गरेका थिए।

प्रतिकृया

प्रतिकृया