हेड्लाईननेपाल सम्वाददाता
आईतबार चैत्र ०९, काठमाण्डौ- वितरक व्यवसायीहरुको छाता सङ्गठन नेपाल वितरक सङ्घले सहज रुपमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरु उपभोक्तासमक्ष पुर्‍याउन आग्रह गरेको छ ।

चीनको वुआन शहरबाट शुरुवाती लिई हाल १ शय ९६ देशमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड- १९) ले नेपालमा खाद्यसङ्कट तथा दैनिक उपभोग्य वस्तुहरुको बजारमा अभाव चुलिएको समाचारप्रति ध्यानाकृष्ट हुँदै सङ्घले यस्तो आग्रह गरेको हो ।

सङ्घका केन्द्रीयअध्यक्ष राजेन्द्र सिंखडाद्वारा जारी एक अपील विज्ञप्तिमा देशको प्रतिकूल अवस्था र नेपाल सरकारको आग्रहलाई मध्यनजर गर्दै, बजारको माग र ढुवानीको सहजतालाई ध्यानमा राख्दै आफूसँग मौज्दातमा रहेको अत्यावश्यक तथा दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुका साथै स्वास्थ्यसुरक्षासँग सम्बन्धित अन्य सामाग्रीहरुको निर्वाधरुपमा विक्रीवितरण गर्न आग्रह गरेको छ ।

सङ्घले समयको सम्वेदनशीलतालाई मध्यनजर गर्दै सम्बन्धित थोकविक्रेता, खुद्राविक्रेता तथा आमउपभोक्ताहरुलाई जानकारी गराई आ-आफ्नो कार्यालयस्थलबाट नै भएपनि सेवा प्रदान गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुसँग आग्रह गरेको छ ।

साथै सम्भावित महामारी सङ्क्रमणको जोखिम रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न हाल नेपालसरकारबाट अपनाईएको पूर्वसतर्कता सम्बन्धमा प्रधानमन्त्रीबाट राष्ट्रको नाममा भएको सम्बोधनबाट निर्देशित विविध पक्षहरुबाट व्यवसायीहरुमाथि राष्ट्रिय दायित्त्व, गहन जिम्मेवारी र सोसँग सम्बन्धित व्यवस्थापकीय चुनौती थपिएको पनि उल्लेख गरेको छ ।

प्रतिकृया

प्रतिकृया