भनिन्छ नि माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनु दीर्घकालीन सहयोग हो । यही उखानअनुरूप भारतले नेपाललाई मास्कको बदलामा अब उच्चक्षमताको मास्क उत्पादन उद्योगको स्थापना गरिदिने भएको छ ।


हेड्लाईननेपाल
चैत्र १३, काठमाण्डौ- भनिन्छ नि माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनु दीर्घकालीन सहयोग हो । यही उखानअनुरूप भारतले नेपाललाई मास्कको बदलामा अब उच्चक्षमताको मास्क उत्पादन उद्योगको स्थापना गरिदिने भएको छ ।

हुनत: अहिले पनि विभिन्न समयमा भारतले नेपाललाई मास्क दिँदै आएको छ । नेपाललाई मास्क आपूर्तिमा आत्मनिर्भर बनाउन भन्दै उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको मागअनुसार पठाईदिएको छ ।

जगदम्बा गुप्रले माग गरेको एक हप्ताभित्रमै आवश्क सबै उपकरणहरु नेपाल भित्रिसकेको छ । ती उपकरण गुजरातबाट सुनौली आईपुग्न जम्मा एक हप्ता लागेको थियो जबकी सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ । भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाको लागि आवश्यक उपकरणहरु नेपाल आईपुगेका हुन् ।

यसैगरी कोरोनोविरुद्ध आवश्यक मेडिकल सामाग्रीहरुको १५ वटा थप कन्साइनमेन्टहरु पनि गत हप्ता नेपाल आईपुगेको हो । भारतीय अधिकारीहरुले नेपालतर्फ आउने सबै कन्साईमेन्ट यथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गम्भीर देखिएका छन् ।

प्रतिकृया

प्रतिकृया