हेड्लाईननेपाल
चैत्र २३, काठमाण्डौ- चीनले पुन: मासुबजार सञ्चालन गरेकोप्रति अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आपत्ति जनाएका छन् । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिनुमा चीनको मासु बजार जिम्मेवार रहेको भन्दै अष्ट्रेलिया चीनप्रति आक्रमक रुपमा प्रस्तुत भएको छ ।

अष्ट्रेलीयन प्रधानमन्त्री मोरिसनले शुक्रबार चीनको मासुबजारविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसङ्घसँगसमेत अपिल गरेका छन् । चीनको मासुबजारबाट विश्वस्वास्थ्य र विश्वभरका मानिसका लागि गम्भीर खतरा रहेको औंल्याउँदै चीनमाथि तत्काल कार्यवाही थाल्न विश्वस्वास्थ्य सङ्गठनलाई आग्रह गरेका हुन् ।

गएको डिसेम्बरमा चीनको वुहानमा नोवेल कोरोना भाइरसको संक्रमण पहिलोपटक पुष्टि भएको थियो । जङ्गली जनावरको मासुबजारबाट सो भाइरसको संक्रमण मानिसमा फैलिएको बताईन्छ ।

संक्रमण बिस्तार भएपछि वुहानमा रहेको वुहान सिफुड होलसेल मार्केट गएको जनवरीमा बन्द गरिएको थियो ।

अष्ट्रेलीयन प्रधानमन्त्री मोरिसनले स्थानीय रेडियोसँगको अन्तर्वार्ताको क्रममा मासुबजार जहाँ रहे पनि स्वास्थ्यका लागि गम्भीर जोखिम हुने बताए ।

कोरोना भाइरस चीनमा जन्मिएको र त्यहाँबाट पूरै विश्वमा फैलिएको बताए । विश्व स्वास्थ्य सङ्गठनले यसलाई गम्भीर रुपमा लिएर केही न केही गर्नुपर्ने उनले माग गरेका छन् ।

चीनमा जङ्गली जनावरको मासुमा प्रतिबन्ध लगाइएको छ । यस्तै हालै शिन्चेन शहरले जङ्गली जनावरसँगै घर पालुवा बिरालो तथा कुकुरको मासुमा पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिकृया

प्रतिकृया