भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहारस्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासीटामोलको ३ लाख २० हजार डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २ लाख ५० हजार डोेज गरीे कुल ८ लाख २५ हजार डोज अत्यावश्यक औषधिहरु भारतले उपलब्ध गराएको हो ।


हेड्लाईननेपाल

बैशाख १०, काठमाण्डौ- कोभिड-१९ विरुद्ध लड्न भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारतसरकारको तर्फबाट नेपालका लागि भारतीयराजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका छन् ।

भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहारस्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासीटामोलको ३ लाख २० हजार डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २ लाख ५० हजार डोेज गरीे कुल ८ लाख २५ हजार डोज अत्यावश्यक औषधिहरु भारतले उपलब्ध गराएको हो ।

यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाएको छ ।

कोभिड- १९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न नेपाल र भारतबीच उच्चस्तरीय वार्ता भएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा गत चैत्र २ गते सार्कराष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्समार्फत कोभिड- १९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्रराष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेकोसमेत राजदूतले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया