हेड्लाईननेपाल
जेष्ठ १८, काठमाण्डौ- थोरै आधुनिक हुँदा वा विज्ञान विषय पढ्न थालेपछि नेपाली समाजको मनोविज्ञानमा हिन्दूत्व, पूर्वीयदर्शन तथा मौलिक संस्कारप्रति उदासीनता छाउँछ । त्यतिमात्र होईन, यी सबै कार्य निष्प्रभावी, निरर्थक, कुरीति तथा पुरातनवाद एवम् रुढीवादीको संज्ञा दिँदै विरोधसमेत गर्न पछि पर्दैनन् ।

हुनत: पश्चिमाचिन्तक जो भौतिकविज्ञानका अविष्कारकहरुले पूर्वीयदर्शन तथा ग्रन्थहरुको उच्चप्रशंसा नगरेका भने होईनन् । तर विज्ञान पढ्नेले अध्यात्म मान्ने वा अध्यात्म मान्नेले विज्ञानलाई मान्ने जमात दुर्लभ भन्नू त अत्युक्ति होला, यद्यपि असाध्यै सानो सङ्ख्यामा छन् ।

झन् नेपालजस्तो अर्द्धआधुनिक र उपभोक्तावादीसमाजमा विज्ञान पढ्दैमा वा अंग्रेजीभाषा जान्नेबित्तिकै आफ्नै संस्कारविरुद्ध खिस्युटी गर्ने र अवैज्ञानिक भनेर प्रहार गर्न शुरु भईहाल्छ । तर विज्ञान पढेर पनि अध्यात्मप्रति रुचि राख्ने तथा त्यसका वैज्ञानिकता केलाउने सङ्ख्या हुँदै नभएको भने होईन । प्रा. डा. जयप्रकाश अग्रवाल जो न्युरोलोजिष्ट हुन् । उनी पेशाले चिकित्सक भएपनि अध्यात्ममा बढो वैज्ञानिक ढङ्गबाट प्रवचन दिने हैसियत राख्दछन् ।

यहाँबाट हेर्न सकिन्छ, भिडियो

त्यस्तैगरी पछिल्लोपटक चिकित्साक्षेत्रकै अर्का प्रा. डा. रामप्रसाद उप्रेती (एनाटोमिष्ट) पनि अध्यात्म र पूर्वीयसंस्कारलाई माया मात्रै गर्दैनन्, जीवनमा भ्याएसम्म प्रयोगमा ल्याउन कटिबद्ध देखिन्छन् । उनकै नेतृत्वमा आईतबार कोरोनाभाईरसविरुद्ध कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान, जुम्लामा गायत्रीमन्त्रसहितको हवन भएको छ ।

पूर्वीयदर्शन आफैंमा विज्ञानको मूलस्रोत बताउँदै आएका प्रा. डा. उप्रेतीले श्रीमती लक्ष्मी उप्रेतीसहितको उपस्थितिमा औषधिशास्त्रका प्रा. डा. विजय अर्याल, न्युरोलोसर्जन सह-प्राध्यापक डा. नीलम खड्का, अपरेसनविभागका स्टाफनर्सहरु बिमला खत्री, आर. थापा, अनन्ता शाही तथा बसन्ती शाहीसमेतले १२ पटक गायत्रीमन्त्र उच्चारण गरी हवन गरेको भिडियो सामाजिकसञ्जालमा छाएको छ ।

यसअघि पनि प्रा. डा. उप्रेतीले सामाजिकसञ्जालमा ध्यान तथा योग गरेको फोटो सामाजिकसञ्जालमा पोष्ट गर्दै आएका छन् । उनको सामाजिकसञ्जालमा पोष्ट गरिएका भिडियो तथा फोटोहरुबाट उनीभित्र विज्ञान र अध्यात्म एकाअर्काको प्रतिष्पर्धीविषय नभएर परिपुरक हुन् भन्ने सन्देश दिएको छ ।

उनका अनुसार गायत्रीमन्त्रमा विज्ञान लुकेको र हवनले प्राकृतिक शुद्धता तथा सन्तुलन कायम गर्ने भन्दै मानवीय जीवनमा भौतिकवाद र अध्यात्म दुबै आवश्यक रहेको जिकिर गरेका छन् ।

प्रतिकृया

प्रतिकृया