हेड्लाईननेपाल
जेष्ठ २५, निजगढ– पछिल्लोसमय गौरीशङ्कर माध्यमिक विद्यालय, निजगढबाट विद्यालय तह निवृत्तभएका पूर्वविद्यार्थीहरुको अनलाईनभेलाले तीब्रता पाएको छ ।

कोरोनाकहरको बीच अनलाईनभेलामार्फत पूर्वविद्यार्थीहरु एकजुट हुने अभियानसँगै भेलाले तीब्रता पाएको हो । विद्यालय तह निवृत्त भएर विभिन्न क्षेत्र तथा पेशा अंगाल्दै देश–विदेशमा रहेका पूर्वविद्यार्थीहरुको एकता र विद्यालयलाई सहयोग गर्ने उद्देश्यका साथ संस्था दर्ता गर्ने तर्फअघि बढ्नसक्ने पूर्वविद्यार्थीसमाजका अग्रजअभियन्ता दामोदर मैनालीले बताए ।

‘अनलाईनभेलामा संस्थाको आवश्यकताको महशुस भएमा हामी संस्था दर्तातर्फअघि बढ्न सक्छौ,’ उनले भने ।

पूर्वविद्यार्थीहरु पछिल्लोचोटी एकपछि अर्कोगरी विभिन्न जुम एममार्फत अनलाईनभेला हुँदै आएका छन् । र हुनेक्रम पनि जारी नै छ । गौरीशङ्करका हरेक वर्र्षका ब्याचीहरुको कुनै न कुनै सङ्गठन तथा एकता कायम भएको तथा सृजनात्मकर्कायसमेत हुँदै आएकोले ती सबै ब्याचीहरुको समग्रता एकता कायम गराउन छातासङ्गठनको रुपमा गौरीशङ्कर पूर्वविद्यार्थीसमाज आवश्यक रहेको पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बताएका छन् ।

‘गौरीशङ्कर माध्यमिक विद्यायलको शैक्षिकहिाडाईमा ५० ब्याची निवृत्त भईसकेको र विभिन्न ब्याचीसङ्गठनलाई थप एकता गर्न छातासङ्गठनको रुपमा यो पूर्वविद्यार्थीसमाज उपयुक्त हुने विश्वास लिएको छु,’ उनले भने ।
त्यस्तै विद्यालय तह बाल्यकालसँग सम्बन्धित विषयवस्तु भएको र आफ्नो बाल्यकालप्रति सबैमा भावनात्मक सम्बन्ध रहने तथा हरेकवर्ष विद्यालय तहबाट निवृत्त हुनेक्रम जारी रहेने भएकोले भावनात्मक रुपमा सङ्ख्यात्मक हिसाबले पूर्वविद्यार्थीसमाजको औचित्यपुष्ट्याईमा बलपुग्ने अभियन्ता तथा विश्लेषक धीरजनिष्पक्षले बताए ।
‘विद्यालय तह बाल्यकालसँग सम्बन्धित विषयवस्तु भएको र आफ्नो बाल्यकालप्रति सबैमा भावनात्मक एकता जागृत हुने र हरेकवर्ष विद्यालय तहबाट निवृत्त हुनेक्रम चलिरहने हुँदा भावना र सङख्यात्मक यी दुई प्रकरणले पूर्वविद्यार्थीसमाजको औचित्यपुष्ट्याई गरेको छ,’ उनले भने ।
त्यस्तै युवानेता तथा विश्लेषक रुपेन्द्र धमलाले पनि पूर्वविद्यार्थीहरुको एकता सामाजिक एकता र विकासको खम्बामा कोशेढुङ्गा सावित हुने जीकिर गरेका छन् । उनले भने, ‘पूर्वविद्यार्थीहरुको एकताले खाली विद्यायल तहमा मात्रै नभएर सामाजिक एकता र विकासको नवीनताको प्रयोगको खम्बामा कोशेढुङ्गा सावित हुनसक्छ ।’
यद्यपि पूर्वविद्यार्थीसमाज गठनको प्रारम्भसँगै पूर्वएमालेइतरका पक्षभने सशङ्कित देखिएका छन् । उनीहरुमा छातासङ्गठनको अवधारणामा आउनलागेको बताईएपनि त्यसमा पूर्वएमालेको हाबी हुने र कब्जा गर्नसक्नेतर्फ सशङ्कित देखिएका छन् । पूर्वएमालेइतरका पक्षहरु पूर्वविद्यार्थीसमाज गठनमा खासै उत्साहपद रुपमा खुलेर सहभागी भएको देखिदैन । तर विरोध पनि गरेका छैनन् । उनीहरु यसलाई ‘पर्ख र हेर’को नीतिबाट अगाडि बढिरहेकोले यसबाट समाजलाई तटस्थ र निर्विरोध रुपमा अगाडि बढाउन चुतौनी र अवसर दुबै रहेको विश्लेषकहरुको दाबी छ ।

प्रतिकृया

प्रतिकृया