हेड्लाईननेपाल
जेष्ठ २५, काठमाण्डौ- नयाँशक्ति र सङ्घीय समाजवादी पार्टी, नेपालबाट बनेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) अन्तत: निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीयअध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । यद्यपि अन्तिममा ३ जना अध्यक्ष हुने सहमति निर्वाचनआयोगमा दल दर्ताको बखत भने डा. बाबुराम भट्टराई परेनन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

उक्त पार्टीको दल दर्ता गर्ने आज अन्तिम अर्थात् ४५ दिन थियो ।

प्रतिकृया

प्रतिकृया