हेड्लाईननेपाल
जेष्ठ २६, काठमाण्डौ- भारतसरकारले नेपालमा ५६ वटा उच्चमाध्यमिकविद्यालयको पुनः निर्माण गर्ने भएको छ ।

नेपालका गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा
५६ वटा उच्चमाध्यमिकविद्यालयको पुनः निर्माण गर्न भारतीय राजदूतावास तथा शिक्षामन्त्रालयअन्तर्गतको केन्द्रीयआयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतसरकारको २ अर्ब ९५ करोड आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिने भएको छ ।

सम्झौताअनुसार भूकम्प प्रतिरोधीक्षमताको लागि यी विद्यालयहरु नेपालसरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाईको सुविधासमेत रहने छ । भूकम्पप्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख
संस्थान केन्द्रीयभवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपश्चातको पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक-आर्थिक विकासका लागि
नेपालसरकार र यसका निकायहरुसँगको सहकार्यलाई अन्तर्गत यी कार्य हुन लागेको भारतसरकारले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया