हेड्लाईननेपाल
आषाढ १, काठमाण्डौ- पशुपतिक्षेत्र मन्दिरपरिसरमा सरसफाई सुविधा निर्माण गर्न भारतसरकारले ३ करोड ७२ लाख ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

सन् १९७९ देखि युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको पशुपतिक्षेत्र मन्दिरपरिसरमा
सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, सङ्घीयमामिला तथा सामान्यप्रशासन मन्त्रालय र काठमाण्डौ महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतसरकारद्वारा उच्च प्रभाव सामुदायिकविकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल-भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिन लागेको हो ।

यस परियोजनाको प्रस्ताव पशुपतिक्षेत्र विकासकोष (पिएडिटी) ले भारतीय
राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा पाल्नु हुने
तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न यस परियोजनाअन्तर्गत भारतले उक्त रकम उपलब्ध गराएको हो । यो परियोजनाको कार्यान्वयन काठमाण्डौ
महानगरपालिकाले नेपालसरकारले तोकेको मापदण्डअनुरुप गर्नेछ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

काठमाण्डौमा अवस्थित पशुपतिनाथमन्दिर नेपालको सबैभन्दा ठूलोमन्दिरपरिसर हो र
बागमती नदीको दुबैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौंको सङ्ख्यामा भक्तजनहरु आउँछन् ।

सन् २०१४ अगस्ट महिनामा दुबै सरकारले सहमति गरेको सरसफाई परियोजनाले पशुपतिनाथमन्दिरपरिसरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि नेपालसरकारको प्रयासलाई सार्थक बनाउनेछ ।

प्रतिकृया

प्रतिकृया