हेड्लाईननेपाल
आषाढ ०५, काठमाण्डौ– प्रधानमन्त्री खड्गप्रसाद शर्मा (ओली)ले कोरोना (कोभिड– १९) रूघाखोकीजस्तै भएको भन्दै मनोबल उच्च राख्न सुझाएका छन् ।

विहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने पनि बताए । उनले उच्चमनोबल राख्न आग्रह गरेका छन् ।

‘उच्च मनोबल राख्नुपर्छ, कोरोना लागिहाल्यो भने पनि लान सक्दैन । त्यो मनोबल राख्नुपर्छ,’ उनले भने ।

कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने प्रधानमन्त्रीको भनाइ छ ।

‘कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब । अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ । तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालीहरूको रोगप्रतिरोधात्मकक्षमता पनि बढी भएको बताउँदै आएका छन् । नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोग प्रतिरोधात्मकक्षमता बढाउने प्रधानमन्त्रीको तर्क छ ।

प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरे ।

नेपालीहरूमा असाधारण रोगप्रतिरोधात्मकक्षमता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरे ।

प्रतिकृया

प्रतिकृया