१५ मंसिर, रौतहट । रौतहटमा राजपा तथा संघीय समाजवादी फोरमका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् ।

बिहीबार राती रौतहटको गरुडा नगरपालिका ६ महम्मदपुरमा राजपा र फोरमका कार्यकर्ताले मधेस आन्दोलनको भिडियो प्रदर्शन गर्न थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा झडप भएको स्थानीयबासिन्दाले जनाएका छन् ।

मधेस आन्दोलनका घटना समेटिएको भिडियो प्रदर्शन गरेपछि त्यसलाई रोक्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई कार्यकर्ताले आक्रमण गरेका थिए । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

झडप नियन्त्रण गर्न प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिकृया

प्रतिकृया