काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । साताव्यापी चीन भ्रमण पूरा गरी ओली  आज स्वदेश फर्किएका हुन ।

मौसम प्रतिकुलतका कारण काठमाडौं जहाज अवतरण हुन नसकिरहेको बेला प्रधानमन्त्री ओली  सवार हिमालयन एयरलाइन्सको विमान केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।
प्रधानमन्त्री ओली गत चैत्र ७ गते चीन भ्रमणमा गएका थिए ।  भ्रमणका क्रममा प्रधानमन्त्री आलीले चीनीयाँ राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लि खछ्याङ लगायतसंग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

सो अवसरमा नेपाल–चीनबीच पारवहन तथा यातायात सहित विभिन्न १० वटा सम्झौता भएको छ । प्रधानमन्त्री ओलीले चीनको हेनानमा बोआओ एसिया फोरमलाई सम्बोधन समेत गरे ।

बोआओ सम्बोधनपछि उनले चीनका भूकम्पपछिको पुनर्निर्माण क्षेत्र र जिपिङपुस्थित ७ सय ७० मेगावाटको जलविद्युत्त आयोजना अवलोकन गरेका थिए ।

प्रधानमन्त्री ओली बेइजिङबाट हेनान, सान्य, सियान हुदै छेन्दु पुगेका थिए ।

प्रतिकृया

प्रतिकृया