१५ चैत्र,इटहरी । इटहरीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा आइतबार साँझ भएको दुर्घटनामा दुई जना युवकको मृत्यु भएको हो ।

साँझ ६:४५ बजे ना ४ ख १०३४ नम्बरको ट्रकले को १३ प २५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार बक्लौरी–२ का मनिष बिष्ट र सोही ठाउँकै २६ बर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जादैं गरेको ट्रकले विपरित दिसाबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदाँ बिष्ट र चौधरी घाइते भएका थिए।

दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इनिस्पेक्टर टीका कार्कीले बताए । मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेका छन् । फरार ट्रक चालकको खोजी भइरहेको जानकारी दिइयो ।

प्रतिकृया

प्रतिकृया