२६ मंसिर, काठमाण्डौं । बलिउड अभिनेत्री मलाइका अरोरा खान ४४ वर्षको उमेरमा पनि निकै फिट देखिन्छिन् ।

आफ्नो शरीरलाई फिटनेस राख्नका लागि उनले जिममा निकै नै वर्कआउट गर्छिन् । उनले सामाजिक सञ्जालमा एक्सरसाइज गरिरहेको भिडियो समेत पोष्ट गरेकी थिइन् । एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो फिटनेसलाई लिएर एक खुलासा समेत गरेकी थिइन् ।

उनले आफ्नो डाइटमा सागसब्जी बढी प्रयोग गर्ने बताएकी थिइन् । मलाइका वर्कआउटपछि बढीभन्दा बढी स्वस्थकर खाना खान रुचाउँछिन् । उनी मिठाई खान मन पराउँदिनन् भने ‘सी फूड’मा अलि बल गर्छिन् ।

मलाइका फिट रहनका लागि वर्कआउटका साथ खानपानमा समेत पूरा ध्यान दिन्छिन् । यसका साथै उनले हरेक दिन आधा घण्टा स्विमिङ, साइकलिङ र जगिङ समेत गर्छिन् । मानिस स्वस्थ रहन आवश्यक आराम गर्नुपर्ने उनको मान्यता छ । उनी दैनिक ६-७ घण्टा सुत्छिन् ।

मलाइकाको फिटनेस तालिकामा योगा, डान्स र किक बक्सिङ समेत सामेल छन् ।

प्रतिकृया

प्रतिकृया