१ पुस,काठमाडौँ । हिमाली जिल्ला मनाङका सबै विद्यालय बन्द गरिएको छ । यहाँका सबै विद्यालयले वार्षिक परीक्षा सकाएर विद्यालय बन्द गरेका हुन् ।

मनाङमा चिसो बढ्ने भएकाले हरेक वर्ष मंसिर २० गतेसम्म वार्षिक परीक्षा सकेपछि ३ महिनाका लागि छुट्टी दिने प्रचलन रहिआएको छ । हिमाली जिल्ला भएका कारण चिसो बढ्ने भएकाले जिल्लाको ४ गाउँपालिकामा रहेका सबै विद्यालयहरु बन्द गरिएको हो ।

विद्यालयहरुले यस वर्षको जिल्ला स्तरीय परीक्षा पनि सकाएर नतिजासमेत सार्वजनिक गरिसकेका छन् । व्यवहारिक समस्यालाई लिएर विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए ।

परीक्षा सकाएर शिक्षकहरु आ–आफ्ना घर हिँडिसकेको स्थानीय सञ्चारकर्मी नेगम परियारले बताए । उनका अनुसार माथिल्लो मनाङमा चैतसम्म विद्यालय बन्द हुनेछन् । माथिल्लो मनाङमा रहेका विद्यालयहरुमा पढाउन बाँकी रहेको पाठ्यसामग्री सामान्य पर्वका बेलामा विद्यालय बन्द नगरी पढाइने छ ।

तल्लो मनाङमा रहेका विद्यालयमा फागुनबाटै पठनपाठन सुरु गरिनेछ । यहाँ २ उच्च माध्यमिक, ४ माध्यमिक, ७ आधारभूत, २७ प्राथमिक र एक निजस् विद्यालयहरु रहेका छन् ।

प्रतिकृया

प्रतिकृया