७ पौष, काठमाण्डौं । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा सुरु गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार-प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होइन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’

उनले थपे, ‘रेशम चौधरीलाई फरार अभियूक्त आदी इत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानविन आयोगले सरकारलाई मधेसमा घटेका घटनाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माग गर्दछु ।’

प्रतिकृया

प्रतिकृया