१० पौष, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एबं नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले अबिलम्ब निर्वाचन परिणाम सार्वजनिक गरि राष्ट्रिपति समक्ष पेश गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त बाम गठबन्धन काठमाडौ क्षेत्र नंम्बर २ ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा संबोधन गर्दै बरिस्ठ नेता नेपालले प्रतिनिधि सभा तर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले बिलम्ब गर्न नहुने बताउंदै ध्यानाकर्षण समेत गराएका हुन् ।

बरिस्ठ नेता नेपालले प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएर नैतिकता देखाउनु पर्नेमा उल्टै राष्ट्रियसभाको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाए ।

संबिधानमा उल्लेख नै नभएको एकल संक्रमणिय प्रणाली लाई स्वीकार गर्न नसकिने बताउदै उनले राष्ट्रिय सभा बहुमतिय प्रणालीमा नै गठन हुने ठोकुवा गरे ।

बरिस्ठ नेता नेपालले दुनियाँको जुन सुकै शक्ति लागेपनि एमाले र माओबादी केन्द्रबिचको एकता नरोकिने बताउदै एउटै कम्युनिस्ट केन्द्रले मुलुकको बिकास र समृद्धि गर्ने स्पस्ट पारे । उनले दुबै पार्टिका कार्यकर्ताहरुलाई बहकाउ र भ्रममा नपर्न आग्रह गरे । कार्यक्रममा निर्वाचन मा विभिन्न ढंगवाट सहयोग गर्ने ब्यक्तिवहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया