१२ पौष, काठमाण्डौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालको गलत प्रयोगविरुद्ध सचेत गराएका छन् ।

गत जनवरीमा राष्ट्रपति पदबाट बिदा भएका ओबामा दुर्लभ अन्तर्वार्ताकाक्रममा बोल्दै थिए । उनीसँग बीबीसी रेडियो फोरका लागि अन्तर्वार्ता लिँदै थिए, बेलायती राजकुमार ह्यारी ।

ओबामाले सामाजिक सञ्चालको गलत प्रयोगले मानिसलाई गम्भीर मुद्दाबाट ध्यान अन्यत्रै मोड्ने र गलत सूचना फैलने बताए ।

उनीपछिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय रहने गर्छन् । तर, ओबामाले उनको नाम भने उल्लेख गरेनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पबारे मिश्रित अनुभव सुनाउँदै उनले धेरै काम त्यत्तिकै रहेको टिप्पणी गरे ।

अन्तर्वार्ता लिएका ह्यारीले आफूले धेरै अन्तर्वार्ता नगरेको भन्दै ओबामासँगको कुराकानी निकै रमाइलो भएको प्रतिक्रिया दिए ।

ओबामाले आफूसँग अन्तर्वार्ता लिन खोजेको पनि ह्यारीले जानकारी दिए ।

ह्यारीको सो कार्यक्रम सशस्त्र बल, मानसिक स्वास्थ्य, युवा अपराध र वातावारण परिवर्तनका विषयमा केन्द्रित थियो । (एजेन्सी)

प्रतिकृया

प्रतिकृया