Author: Chintan

जेठमा मात्रै सरकारले बाँड्यो डेढ करोड रुपैयाँ

काठमाण्डौ – सरकारले जेठ महिनामा विभिन्न व्यक्ति र संस्थालाई झण्डै डेढ करोड रुपैयाँ बाँडेको छ । जेठमा १ करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मालाई ५ लाख, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५ लाख, बसुन्धाराका रोहन गुरुङलाई ३० लाख, बिर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई ३० लाख, मोरङका गोविन्द कुमार गौतमलाई ५ लाख, अछामका हिमाल विकलाई ८ लाख र बाँकेका कमलसिंह क्षेत्रीलाई १ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । यस्तै काभ्रेका निलबहादुर बस्नेतलाई ५ लाख र युगकवि सिद्धिचरण श्रेष्ठ अक्षयकोष काठमाण्डौ र अन्य १० जनालाई गरेर ५६ लाख रुपैयाँ वितरण गरिएको छ । राष्ट्रपतिको चीन भ्रमणमा ३ करोड र प्रधानमन्त्रीको भियतनाम भ्रमणमा २ करोड खर्च सरकारले जेठ महिनामा विशिष्ट व्यक्तिको वैदेशिक भ्रमणमा साढे ५ करोड रुपैयाँ खर्च भएको जनाएको छ । जेठमा ५ करोड ५१ लाख ५२ हजार रुपैयाँ विशिष्ट व्यक्तिको वैदेशिक भ्रमणका क्रममा खर्च भएको हो । राष्ट्रपति चीन जाँदा ३ करोड ९ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै गएको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र म्यानमारको भ्रमणमा जाँदा २ करोड १२ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ । ५ करोड रुपैयाँ भन्दा धेरै रकमान्तर अर्थ मन्त्रालयले जेठ महिनामा पाँच अर्ब रुपैयाँ रकमान्तर गरेको छ । केही चालु तथा पूँजीगत खर्चको भुक्तानीका लागि पाँच अर्ब पाँच करोड ५० लाख रुपैयाँ रकमान्तर गरेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार माओवादी द्वन्द्वपीडितका हकदारका लागि ३९ करोड...

Read More

काँग्रेसले हरेक क्षेत्रमा निहूँ खोज्यो : प्रधानमन्त्री ओली

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसप्रति कटाक्ष गरेका छन् । उनले हरेक क्षेत्रमा काँग्रेसले निहँु खोज्न थालेको बताए । मङगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसको पछिल्लो व्यवहार आश्चार्यजनक भएको पनि बताए । उनले आफुलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको बताए । ‘प्रधानमन्त्रीले संसदमा बोल्न समय लिइसकेपछि प्रधानमन्त्रीभन्दा अगाडि आफुले बोल्न पाउनुपर्छ भन्ने लोकतन्त्रमा कहीँ हुँदैन । प्रधानमन्त्रीलाई बोल्न रोक्न कुनै विषयमा मतभेद पनि होइन । पहिला प्रधानमन्त्री र त्यसपछि प्रतिपक्षी दलको नेताले बोल्ने विश्वव्यापी प्रचलन हो,’ प्रधानमन्त्रीले अगाडि भने, ‘हरेक क्षेत्रमा निहँु खोज्ने काँग्रेसले...

Read More

चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लियो

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको हो । आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको छ । विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका छन् । त्यसोत, मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण बिथोल्न कोसिश भएका कारण सम्बन्धित निकायसँग थप छलफल गर्नुपर्ने बताउनुभएको छ...

Read More

लोकतान्त्रिक आवरणमा काँग्रेसको चरित्र संकीर्णवादी : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा संसदीय परम्पराको सम्मान गर्ने नेपाली काँग्रेसले संसदमा आज असंसदीय चरित्र पेश गरेको आरोप लगाउनु भएको छ । आज प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदहरुले बेल घेराउ गरेपछि सम्बोधन गर्न नपाएपछि असन्तुष्ट बन्नु भएका प्रधानमन्त्री ओलीले अपरान्ह विशेष पत्रकार सम्मेलन गर्दै काँग्रेसलाई लोकतान्त्रिक दल नभएकोसम्मको आरोप लाउनु भयो । उहाँले समसामयिक विषयमा जानकारी गराउने , सरकारले गरेको निर्णय बारे संसदलाई जानकारी गराउने अधिकार प्रधानमन्त्रीलाई हुने भन्दै लामो समय लोकतन्त्रका लागि लडेका शेरबहादुर देउवाको नेतृत्वमा नै बेल घेराउ गर्नु दुःखद पक्ष भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसदमा पहिला प्रधानमन्त्रीले त्यसपपछि विपक्षी दलको नेताले बोल्ने चलन विश्वव्यापी भएको चर्चा...

Read More

विवादित गुठी विधेयक : उपत्यकामा आन्दोलन चर्काउने विधेयकमा के छ ?

काठमाडौं । अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने, ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्तिबाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’ अभियन्ताहरूले अहिलेको विधेयक खारेज गर्दै आवश्यक छलफल गरी समयसापेक्ष रूपमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूले गुठीको प्रभावकारिता बढाउने किसिमले प्राधिकरणको अवधारण ल्याउन माग गरेका छन् । । अभियन्ता तथा गुठी संरक्षण पुःचका महासचिव भरत जंगमले विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका धेरै बुँदाहरू...

Read More