Author: Jee

भारतको सहयोगमा ईलामस्थित गुरुकुल उद्घाटन

भारतको आर्थिक सहयोगमा इलामको बारबोटेमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको भवन निर्माण भएको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ३ करोड ११ लाख ३० हजार रुपैयाँको लगानीमा विद्यालयको चार तले भवन निर्माण भएको हो । भारतीय दूतावास र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले भिडियो कन्फरेन्समार्फत नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । नवनिर्मित चार तले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमा दशवटा कक्षाकोठा, आवसीय विद्यार्थीका लागि नौ वटा शयन कक्ष, चार वटा अध्ययन कक्ष, एउटा बैठक कक्ष, एउटा साभा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तलामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधा छन् ।...

Read More

मृगौलापीडितलाई जापानबाट सहयोग

हेड्लाईननेपाल सम्वाददाता आषाढ १६, मालुङ्गा (स्याङ्जा)- “फर्क फर्क हे जाऊ‌‌ समाऊ मानिसहरूको पाउ मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ”को कविताको भावजस्तैगरी जापानमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले स्याङ्जा गल्याङ्ग नगरपालिका-१ का दुई मृगौलापीडितलाई आर्थिकसहयोग गरेका छन् । मालुङ्गानिवासी लच्छिमा बस्याल र विष्णु विक दुबैजना मृगौलामा समस्या भएर उपचारार्थ रुपन्देहीको अस्पतालमा थिए । जिल्लाको श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आग्रहमा रमेश बस्याल र विवेक बस्यालले सङ्कलन गरेर २ लाख २८ हजार २ शय ६१ रुपैयाँ पठाएका हुन् । पठाईएको रकमलाई दामासायी जनही रु. १ लाख १४ हजार १ शय ३१ रुपैयाँ प्रदान गरिएको ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले बताए । बिरामीका आफन्त तथा परिवारलाई आज...

Read More

‘कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खाएर उडाइदिनुपर्छ ।’ -प्रधानमन्त्री

हेड्लाईननेपाल आषाढ ०५, काठमाण्डौ– प्रधानमन्त्री खड्गप्रसाद शर्मा (ओली)ले कोरोना (कोभिड– १९) रूघाखोकीजस्तै भएको भन्दै मनोबल उच्च राख्न सुझाएका छन् । विहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने पनि बताए । उनले उच्चमनोबल राख्न आग्रह गरेका छन् । ‘उच्च मनोबल राख्नुपर्छ, कोरोना लागिहाल्यो भने पनि लान सक्दैन । त्यो मनोबल राख्नुपर्छ,’ उनले भने । कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने प्रधानमन्त्रीको भनाइ छ । ‘कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब । अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ...

Read More

पशुपतिनाथलाई भारतको करिब ४ करोड सहयोग

हेड्लाईननेपाल आषाढ १, काठमाण्डौ- पशुपतिक्षेत्र मन्दिरपरिसरमा सरसफाई सुविधा निर्माण गर्न भारतसरकारले ३ करोड ७२ लाख ३० हजार रुपैयाँ उपलब्ध गराएको छ । सन् १९७९ देखि युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको पशुपतिक्षेत्र मन्दिरपरिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, सङ्घीयमामिला तथा सामान्यप्रशासन मन्त्रालय र काठमाण्डौ महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतसरकारद्वारा उच्च प्रभाव सामुदायिकविकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल-भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिन लागेको हो । यस परियोजनाको प्रस्ताव पशुपतिक्षेत्र विकासकोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा पाल्नु हुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा...

Read More

संशोधित नक्साबारे भारतको प्रतिक्रिया: भारतीय भुभाग पर्‍यो, वार्ता गर्नुपर्छ

हेड्लाईननेपाल जेष्ठ ३१, काठमाण्डौ- संसदको दुईतिहाईभन्दा बढी बहुमतले नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्ने प्रस्ताव स्वीकृत भएसँगै भारतले प्रतिक्रिया दिएको छ । भारतीयविदेशमन्त्रालय यसबारे प्रतिक्रिया दिँदै स्वीकृत संशोधन विधेयकबाट भारतीय भू-भागको केही अंश समावेश गरेको जनाएको छ । विदेशमन्त्रालयका प्रवक्ता श्री अनुराग श्रीवास्तवले संशोधित नक्सालाई कृत्रिमविस्तार भएको भन्दै ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको बताएका छन् । यद्यपि सीमाक्षेत्रका मुद्दाहरूको बारेमा वार्ता र समझदारी गर्नुपर्ने जनाएका छन्...

Read More