Author: Jee

भारतीय सहयोगमा नुवाकोटमा ९ विद्यालयभवन निर्माण

हेड्लाईननेपाल सम्वाददाता माघ २८, विदूर (नुवाकोट)- किस्पाङ्ग गाउँपालिका ३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयको भवन भारतीय अनुदान सहयोगबाट निर्माण भएको छ । सोमबार उक्त विद्यालयको नवनिर्मित भवन पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उनले नेपालजस्तो पछिपरेको राष्ट्र मात्र नभई विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभई समृद्धिको सपना पूरा हुननसक्ने बताए । ‘आगामी तीन वर्षमा गुणात्मक प्रगति गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्ने कार्यभार शिक्षाका माध्यमबाट मात्रै सकिने आशा लिएका छौं’, उनले भने । त्यस्तैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युतलगायतका भौतिकपूर्वाधारले मात्र समृद्धिप्राप्त नहुने भएकाले शिक्षा...

Read More

होलेरी राष्ट्रिय मिडिया सम्मेलन रोल्पामा, नेतादेखि सम्पादकसम्मको बाक्लो उपस्थिति हुने

माओवादी आन्दोलनको उद्गमथलोको रुपमा परिचित रोल्पा तथा यसको राजनीतिक एवम् साहित्यक्षेत्र उपस्थिति र प्रभावका बारेमा समेत सम्मेलनमा समीक्षासहित सम्मेलनमा किन आउने होलेरी ?, रोल्पाबाटै किन शुरु भयो सशस्त्रयुद्ध, रोल्पाको पत्रकारिताको नालिबेली कार्यपत्र प्रस्तुत हुने हेड्लाईननेपाल सम्वाददाता माघ २७, काठमाण्डौ– तत्कालीन माओवादीले सशस्त्रयुद्धको क्रममा पहिलोपटक ५ स्थानमा गरेको प्रहरीचौकी आक्रमणमध्येको रोल्पाको होलेरीमा युद्धकालीन साहित्यसँग सम्बन्धित प्रथम होलेरी राष्ट्रिय मिडिया सम्मेलन–२०७६ हुने भएको छ । सम्मेलन रोल्पाको रुण्टगढी गाउँपालिकास्थित होलेरीमा यही फाल्गुण १ देखि २ गतेसम्म हुने भएको हो । उक्तसम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुन (मगर), पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश ५ का सभासदस्य अम्मरबहादुर डाँगी र रुण्टीगढी गाउँपालिकाप्रमुख बालाराम बूढामगरले सहभागिता जनाउने...

Read More

बिरामी बोक्ने एम्बुलेन्सभित्र मरेको चित्तल फेला

डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिमप्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा बिरामी पुर्याएर महेन्द्रनगरबाट फर्किने क्रममा रहेको एम्बुलेन्सभित्र मरेको चित्तल फेला परेको हो । हेडलाईननेपाल सम्वाददाता माघ २६, गोकुलेश्वर– बैतडीको डिलाशैनी गाउँपालिका स्वामित्वमा रहेको एम्बुलेन्सभित्र मरेको चित्तल फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सलाई आईतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीनिरीक्षक खगेन्द्र साउँदका अनुसार डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिमप्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा बिरामी पुर्याएर महेन्द्रनगरबाट फर्किने क्रममा रहेको एम्बुलेन्सभित्र मरेको चित्तल फेला परेको हो । प्रहरीले चालक महेश बोहरालाईसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको...

Read More

‘लिटिल बुद्ध’ भन्ने बाराका बम्जन फरार, पक्राउ गर्न ७७ जिल्लामा प्रहरीको सर्कुलर

बम्जनमाथि आफ्ना आनीमाथि बलात्कार र अनुयायीहरुको हत्या गरेको आरोप छ । बलात्कार र हत्याको खबरबाहिर आएसँगै प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरेको थियो । हराएका अनुयायीको हत्या गरेर शव गाडेको आशङ्कामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो । जुन शव गाडेर चाँडो कुहाउन नुन हालेको प्रहरीको आशङ्का छ । हेडलाईननेपाल सम्वाददाता माघ २६, सिन्धुली– आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका तर निरन्तर हत्या र बलात्कारको आरोप लागेका बाराका रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरीले ७७ वटै जिल्ला प्रहरीकार्यालयलाई सर्कुलर जारी गरिएको छ । जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बिहीबार पक्राउ पूर्जी जारी भएपछि उनलाई प्रहरीले शुक्रबार...

Read More

धर्मपरिवर्तनको मुद्दामा युरोपेली युनीयनसँग यसरी लड्नुपर्‍यो किसुनजी !

नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई २०४७ सालकाे संविधानमा नेपाललाई हिन्दुअधिराज्य बनाउन कसरत लड्नु परेकाे थियाे भन्ने पाञ्यजन्यका पत्रकार तरुण विजयसँग पाञ्यजन्य (बर्ष ४४ अङ्क ११ ,भाद्र २०४७,भारत) काे साक्षात्कारका महत्त्वपूर्ण अंश । (१) नेपाली जनताकाे हृदयमा हिन्दुत्त्वकाे अभिमान छ । आफ्नो अक्षत स्वतन्त्रतामाथि कुनैपनि संझौता नगर्ने नीतिमा दृढ छ।हामीहरुलाई मुगलदेखि अङ्ग्रेजसम्मले कहिल्यै पनि गुलाम बनाउन सकेनन् ।याे नै याहाँका आम नागरिकहरुकाे स्वभिमान हाे । (२)  नेपालमा पनि अन्यत्र झैँ धर्मान्तरणकाे माध्यमबाट जा’तीय तनाव र सा’म्प्रदा’यिक विद्वे’ष फैलाएर कमजोर बनाइ राख्नुमा नै पश्चिमा देशहरूले आफ्नो हित संझन्छन्। (३)  नेपालकाे हिन्दुस्वरुपलाई परिवर्तन गर्नका लागि विश्व वैङ्क जस्ता पश्चिमा देशहरूकाे प्रभावमा कामगर्ने आर्थिक संस्थाहरूदेखि पश्चिमा देशहरू नै दबावमुलक रुपले सक्रिय छन्।अमेरिक काङ्ग्रेस सदस्य स्टीफन साेलार्जले यस्तै आशयकाे पत्र लेखेका छन्। स्टीफन साेलार्ज तथा अन्य मेशिनरी र पादरीहरुको आफुलाई धर्मान्तरणकाे स्वतन्त्रता हुनुपर्दछ भन्दथे ।नेपाल जस्तो गरिब देशकाे लागि याे कुरा स्वीकार गर्नु अत्यन्तै कठिन छ । राजा बीरेन्द्रबाट पद तथा गोपनीयताको सपथग्रहण गर्दै किसुनजी (४) मैले इसाईहरूकाे विश्वसंस्थाका अध्यक्षसँग भेटेकाे थिए ।उनी दुई महिना अगाडि साथमा एकजना ब्रीटिस सांसद लिएर अमेरिकाबाट याहाँ आएका थिए । दुवैले धर्मान्तरणकाे स्वतन्त्रताकाे पक्षमा अनेकौं तर्कहरु दिए । मैले उनीहरूलाई हामी एकदमै गरिब देश हौँ  र तपाईंहरू धर्मान्तरणकाे लागि हरेक किसिमका लाेभलालचसहित प्रस्ताव ल्याउनु हुञ्छ भन्दै कुरा सुरु गरे । जसमा तपाईंहरू बालबच्चाकाे शिक्षा बिरामीहरुलाई उपचारकाे लालचदेखि गरिबलाई कपडा घर लगायतका लालच देखाउनु हुञ्छ । जसबाट ती गरिबहरू तपाईंहरूप्रति  आकर्षित भएर निर्भर हुन थाल्दछन् अनि इसाई नबनेको खण्डमा यी...

Read More