Author: Dilip Kunwar

भारतको ७२ औ स्वतन्त्रता दिवस यसरी मनाईयो !

३० साउन, काठमान्डौ । भारतको ७२ औ स्वतन्त्रता दिवस नेपालमा पनि मनाईएको छ । नेपाल स्थीत भारतीय दुतावासमा एक कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाईएको हो । कार्यक्रममा नेपालका लागी भारतका राजदुत मंजिव सिहं पुरीले भारतको राष्ट्रीय ध्वजा फहराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा राजदुत पुरीले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा १ वीर नारी, ७ एकल महिला,३ मृत सैनीक निकटतम नातेदार र १ भुतपुर्व अपागं भारतीय सेनालाई रु ५.३५ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको थियो । त्यस्तै, दुतावासले ६८ वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षीक संस्थाहरुलाई रु १७ लाख बराबरको...

Read More

भारतीय पेन्सन क्याम्पको शौचालयमा बम विष्फोट

२९ साउन, बुटवल । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा बम विष्फोट भएको छ । गएराति करिब साढे ९ बजेतिर भएको बम विष्फोटबाट शौचालय र बाथरुममा क्षति पुगेको छ । नजिकै रहेको जिल्ला सैनिक बोर्डको कार्यालय भवन समेत चर्किएको छ । बम बिष्फोटमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता रहेको अनुमान छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित तुल्बुलिया पुलमा शंकास्पद बस्तु फेला परेको छ । पुलको मध्य भागमा रातो कपडाले बेरेको उक्त बस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मी परिचालन गरिएको छ...

Read More

नेकपा मसालको विज्ञप्ति- ‘गरिब परिचयपत्र वितरणमा भ्रष्टाचार भयो’

२९ साउन, काठमाडौं । नेकपा मसालले गरिब परिचयपत्र वितरणमा भ्रष्टाचार भएको ठहर गरेको छ । हालै बसेको केन्द्रीय समिति बैठकले गरिबी निवारणको मूल उद्देश्य विपरित काम भइरहेको ठहर गर्दै त्यसको छानबिन गर्न माग गरेको छ । तथ्यांक लिँदा गरिब घर परिवार छुटेको तर धनी व्यक्ति गरिबको सूचीमा परेको ठहर गर्दै मसालले विज्ञप्ति निकालेर भनेको छ, ‘अनियमिततालाई छानवीन गरी गरिबहरूलाई मात्र गरिब परिचयपत्रको वितरण गर्ने प्रभावशाली व्यवस्था गर्न हाम्रो पार्टी सरकारको ध्यान आकषिर्त गर्न चाहन्छ ।’ यसैगरी मसालले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरिएकोमा पनि विरोध जनाएको छ । ‘शान्तिपूर्ण तरिकाले विभिन्न प्रकारका कार्यक्रहरू सञ्चालन गर्नका लागि संविधानले नै...

Read More

गलेश्वरधाममा भक्तजनको ओइरो

२९ साउन, बेनी ।  यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् । बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । “बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै गएको छ,” उनले भने । शालीग्राम पाइने कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफल रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजन आएका थिए । साउनको तेस्रो सोमबारसम्म रु नौ लाख...

Read More

नेकपा : प्रदेश र जिल्ला कमिटीहरुमा बराबरीकै हैसियतमा भागबण्डा

२९ साउन, काठमाडौं । भदौ दोस्रो सातासम्म एकीकृत भइसक्ने नेकपाका प्रदेश र जिल्ला कमिटीहरुमा लगभग बराबरीकै हैसियतमा भागबण्डा हुने भएको छ । जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा आमरुपमा बराबरीकै सिद्धान्तमा हुन लागेको हो । स्रोतका अनुसार प्रदेश १ मा पूर्वएमाले ५० र पूर्वमाओवादीले ४१ प्रतिशत पाए पनि अन्य प्रदेशमा केही संख्यामात्र तलमाथि हुनेछ । प्रदेश ६ मा माओवादीले एमालेभन्दा एकजना बढी सदस्य पाएको छ । आम चुनावदेखि प्रदेश सरकार गठन हुँदै पार्टी एकतासम्म पुग्दा ६०/४०, ७०/३० र ५५/४५ को भागबण्डा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका तल्ला कमिटीहरुको एकीकरण भने बराबरी संख्यामा...

Read More