Author: Headline Nepal

प्रमुख आयुक्त यादवको चेतावनी : ‘चाडपर्वको नाममा चियापान आयोजना गरिए कडा कारवाही’

३ असोज, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले चाडपर्व लक्षित चियापन आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । निर्वाचन आचारसंहिता लागू भइसकेकाले दशैं, तिहार तथा छठ लगायत चाडको नाममा चियापान वा जलपान कार्यक्रम गर्न नपाइने यादवको भनाइ छ । ‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिकामाथि बहस’ कार्यक्रमलाई मंगलबार राजधानीमा सम्वोधन गर्दै प्रमुख आयुक्त यादवले भने, ‘प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतना अपनाएको छ, हामी यस्ता खाले चियापान गर्न दिँदैनौं ।’ प्रमुख निर्वाचन आयुक्त डा. यादवले...

Read More

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री देउवा अमेरिका प्रस्थान

३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार अमेरिका प्रस्थान गरेका छन् । उनले शनिबार महासभालाई सम्वोधन गर्ने कार्यक्रम छ । १ सय ९३ मुलुक सहभागी हुने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराउनेछन् । अमेरिका बसाइको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । देउवाको विदाईका लागि उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र सभामुख ओनसरी घर्ती र मन्त्रीहरु विमानस्थल पुगेका थिए । देउवासँग अमेरिका प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डलमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार...

Read More

फेरी दोहोरियो ‘भरतपुर काण्ड’ ! माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न खोजे…

३ असोज, बारा । स्थानीय तहको निर्वाचन अन्तर्गत बारामा नेकपा माओवादी केन्द्रले मतपत्र च्यात्न खोजेको छ । मतगणना चलिरहेको बेला बारागढी गाउँपालीकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि स्थीति तनावग्रस्त बनेको छ भने २ घण्टाका लागि मतगणना समेत स्थगित भएको छ । माओवादी केन्द्रका प्रतिनीधिले मतपत्र च्यात्न खोजेको भन्दै अन्य दलका नेता तथा कार्यकर्ताहरु आक्रोशित बनेका छन् । अहिले अन्य प्रतिनिधिले मतगणना सुचारु गर्न वार्ता गरिरहेका छन् । यसअघि चितवनको भरतपुर महानगरपालीकामा पनि माओवादीका प्रतिनीधिले मतगणनाको अन्तिममा मतपत्र च्यातेका थिए...

Read More

वीरगञ्ज महानगरमा एकसय मत गणना गर्दा १७ मत बदर !

३ असोज, वीरगञ्ज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा एकसय मत गणना गर्दा १७ मत बदर भएको छ । यही गतिमा मत बदर भएमा बदरमतको संख्या १७ प्रतिशत पुग्ने संकेत देखिएको छ । तेस्रो चरणको निर्वाचनको सबैभन्दा बढी चासो रहेको वीरगञ्जमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ भने दोस्रो स्थानमा राजपाका उम्मदेवार देखा परेका छन् । मेयर पदको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले २७ मते ल्याएका छन्. भने उपमेयरमा कांग्रेस उम्मदेवारले ३० मत पाएकी छिन् । मेयरमा राजपा उम्मेदवारले २७ र उपमेयरले २७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका संघीय फोरमका उम्मेदवारले मेयरमा २१ र उपमेयरमा...

Read More

क्वालिटी सपमा आगलागी, ५० लाखको क्षति

३ असोज, विराटनगर । मोरङको कटहरी गाउँपालिका ९ स्थित क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । अपरान्ह ३ वजे विद्युत सट भई आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगका सञ्चालक विपिन काव्राले उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको केमिकल जल्दा ५० लाख बराबरको क्षति भएको जानकारी दिए । उद्योगमा साबुन उत्पादनका लागि हाईट्रोजन पेसोअक्साइट केमिकल भण्डारण गरी राखिएको थियो । उद्योगमा लागेको आगो २ घण्टापछि विराटनगर महानगरपालिकाबाट गएका तीनवटा वरुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय...

Read More