Author: Milap Subedi

चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढ्यो, प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर

१५ जेष्ठ, काठमाण्डौं । सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामि आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थ मन्त्री युवराज खतिवडाले चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्। सरकारले आजैका मितीदेखि चुरोटका उत्पादन र बिक्रिमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर पनि लगाएको छ। हालसम्म सूर्तिजन्य पदार्थमा २८ प्रतिशत कर लाग्दै आएको छ। विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको कर ७० प्रतिशत भन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। नेपालमा पनि संगठनले भने अनुसार नै कर बृद्धि गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ। यसैगरी, सरकारले सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान सेवनलाई पूर्ण...

Read More

सांसदलाई जनही पैसा नदिइने, हरेक निर्वाचन क्षेत्रमा ४ करोड !

१५ जेष्ठ, काठमाण्डौं । रकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिंदै मोडालिटीमा भने परिवर्तन गरेको छ । सांसदलाई जनही पैसा दिने व्यवस्था परिवर्तन गर्दै निर्वाचित सांसदको नेतृत्वमा उक्त क्षेत्रका अन्य सांसदहरुलाई ४ करोड रुपैयाँ दिइने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमबाट वर्षेनि ५ वटा आयोजना पूरा गर्नुपर्ने घोषणा गरे ।...

Read More

नेपाल-भारत सम्बन्धमा भारतले संवेदनशीलता देखायो !

१५ जेष्ठ, काठमाण्डौ । नेपाल–भारतबीचको सम्बन्ध कति संवेदनशील छ भन्ने कुरा भारतले प्रष्ट्याएको छ । यसको ज्वलन्त उदाहरण भारतीय विदेशमन्त्री शुष्मा स्वराजले दिईकी छिन् । बैशाख २८ गतेदेखि २ दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित बाह्रविगाहा मैदानमा नागरिक अभिनन्दनपश्चातः गरेको सम्बोधन र त्यसपछि भारतीय विदेशमन्त्री स्वराजको अभिव्यक्तिबाट उत्पन्न राजनीतिक तरङ्गले दुई देशबीचको सम्बन्धमा प्रश्न उठेपछि त्यसको जवाफमा विदेशमन्त्री स्वराजले सम्बन्धको संवेदनशीलतालाई मध्यनजर गर्दै पछिल्लो प्रष्टीकरण दिईकी छिन् । जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीले गरेको सम्बोधनपछि विदेशमन्त्री स्वराजले भारतको उत्तरप्रदेशस्थित अयोध्यादेखि जनकपुरधामसम्मका भारतीय नागरिकलाई प्रधानमन्त्रीले समेटेको र सबैलाई सम्बोधन गरेको अभिव्यक्ति दिएपछि त्यसको सामाजिक सञ्जालबाट नेपालमा व्यापक...

Read More

इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने

१५ जेष्ठ, काठमाण्डौं । सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने उल्लेख छ । यस्तै साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरेका छन् । कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने पनि बजेटमा उल्लेख छ । सातैवटा प्रदेशमा नमूना कृषि फार्म बनाउने सरकारले बजेटमार्फत घोषणा गरेको छ...

Read More

​युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न तीन अर्ब १० करोड छुट्याइयो

१५ जेष्ठ, काठमाण्डौं । मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले त्यसका लागि तीन अर्ब १० करोड विनियोजना गरेको बताए। तीनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रममा आवद्ध गरिने उनले बताए। नेपालीले युवाले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको हो...

Read More