विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

२६ जेष्ठ, काठमाण्डौं । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा गएराति जर्मनी र स्वीट्जरल्याण्डले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । लिभरकसेलको बे एरिनामा भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हरायो । खेलको आठौं मिनेटमै मार्को रिउसको पासमा युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो । ४३ औं मिनेटमा साउदीका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लियो । खेलको नियमित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले सान्त्वना गोल फर्काए । साउदी अरब विश्वकपको समूह ‘ए’ मा छ र उसले उद्घाटन खेल जुन १४ मा रुससँग खेल्नेछ । यस समूहमा उरुग्वे र इजिप्ट...

Read More