Author: Pariwartan Devkota

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या

८ साउन, कैलाली । भजनी नगरपालिका–९, भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर श्रीमान नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । तीन, चार दिनदेखि नन्दु राजी आफ्नो घरमा नदेखिएपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले उनीहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा लिएको छ । शव घर नजिकैको जंगलमा जमिन मुनि गाडेर माटो र पातहरुले पुरेको अवस्थामा प्रहरीले फेला पारेको बताएको छ । शव मंगलबार बिहान आठ बजेतिर फेला पारिएको भए पनि शवको प्रकृति हेर्दा घटना ३÷४ दिन...

Read More

दुर्इ झाँक्रीकाे हत्या भएपछि एकै गाउँका ३१ जना पक्राउ

८ साउन, काठमाडौं । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लताबमा दुई जना झाक्रीको हत्या गरेको आरोपमा गाउँका ३१ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । लताबबासीको कुटपिटबाट दुई जनाको ज्यान गएपछि गाउँमै शव जलाइएको थियो । घटनापछि गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान समेत नदिएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र ४ महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयो । कुटपिटका कारण गंगाजमुना गाउँपालिका वडा न-२ लताबका ६५ वर्षीय साइँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो । उनीहरुले गाउँमा मृत्यु भएका केही...

Read More

‘मिस्टर फक्स एण्ड द स्कूल ब्वोई’ कौशी थिएटरमा

८ साउन, काठमाडौं । बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । ‘मिस्टर फक्स एण्ड द स्कूलब्वोई’ मंगलबारबाट आउँदो साउन १३ गतेसम्म मञ्चन हुनेछ । नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवं निर्देशन चे शंकरले गरेका छन्। निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीवजन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटक तयार गरिएको हो । ‘बालबालिकाहरूको जनावरप्रतिको दृष्टिकोणलाई बदल्ने मेरो प्रयास हो’, उनले भने, ‘यस प्रकारका कलात्मक सिर्जनाले नवीनतम् सन्देश प्रवाह गर्नसक्छ ।’ बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना...

Read More

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

८ साउन, चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताए । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ । प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै आज रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताए ।दाहालले भने, ‘फाउण्डेशनले छिटो ठाउँ दिनुप¥यो भनेर ताकेता गरिरहेको छ । कार्यविधि बनाएर काम अगाडि बढाइएको छ ।’ उनका अनुसार फाउण्डेशनलाई विदेशी दाताले...

Read More

जापानमा प्राकृतिक विपत्तिको घोषणा !

८ साउन काठमाडौं । अत्याधिक गर्मीको कारण एक साताको बीचमा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ । एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् । हिट स्ट्रोकको कारण कारण २२ हजार भन्दा धेरै अस्पताल भर्ना भएको र तीमध्ये आधा भन्दा धेरै वृद्धवृद्धा रहेको सरकारको आकस्मिक सहायता अधिकारीहरुले बताएका छन् । जापानको मौसम पूर्वानुमानकर्ताहरुका अनुसार तातो हावाको आँधी कम हुने संकेत देखिएको छैन । सोमबार कुमागया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो् । टोकियो...

Read More