Author: Pariwartan Devkota

यस्ता छन् बिहान ५ मिनेट लामो श्वास लिनुका फाइदा

८ साउन, काठमाडौं । श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ । शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ । दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको...

Read More

यस्तो छ ‘कथा काठमाण्डौं’को नयाँ गीत

८ साउन, काठमाडौं । फिल्म ‘कथा काठमाण्डौं’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। प्रदीप बास्तोलाको शब्द तथा संगीतमा फिल्मको ईन्दिरा ‘रातको कुरा सार्वजनिक’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। जोशीको स्वर रहेको गीतको भिडियोमा प्रमोद अग्रहरी र प्रियंका कार्की फिचर्ड छन्। असोज १२ मा रिलिज हुने फिल्मले काठमाडौं रहेका भिन्नभिन्न पात्रको कथालाई समेटेको छ। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षाअधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ। आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ। फिल्ममा गायिका ईन्दिरा पनि विशेष भूमिकामा देखिंदैछिन्। फिल्ममा लुजा सिंहको छायाँकन र मित्र गुरुङको सम्पादन रहेको छ। फिल्मलाई...

Read More

कानुन बनाउने अनशनले कि संसदले ?

लेखनाथ अधिकारी – डा. गोविन्द केसीले आमरण अनशन थालेको आज २५ औं दिन भएको छ। उनले उठाएका माग नेपालका वामपन्थीहरुले उठाएका माग नै हुन्। मुलुकमा वामपन्थी नेतृत्वकै सरकार छ। तर, कुरा मिलिरहेको छैन। ती माग प्रमुख प्रतिपक्षी कांग्रेसले यसअघि नै मानेकै हो। त्यसैले पछि देशको आवश्यकता अनुसार सरसल्लाह गर्दै गरे भइहाल्यो। अहिले यसअघिकै अध्यादेशलाई हुबहु संसदमा प्रस्तुत गर्दा जनता खुसी नै हुनेछन्। यति गरेपछि डा केसीले अनशन तोड्छन्। अनशन तोडाउन प्रधानमन्त्री केपी शर्मा ओली आफैं शिक्षण अस्पताल जाँदा पनि फरक पर्दैन। बालुवाटार र शिक्षण अस्पतालको दूरी टाढा पनि होइन। दशथरी वार्ता गर्नु जरुरी नै छैन। देश र जनताकै प्रधानमन्त्री...

Read More

रकेट परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

८ साउन, काठमाडौं । उत्तर कोरियाले आफ्नो एक रकेट परीक्षणस्थल नष्ट गर्न थालेको छ। अमेरिकी निरिक्षण समूह (३८ उत्तर) ले हेर्दै आएको सुहाइ केन्द्रको भूउपग्रह तस्विरमा उत्तर कोरियाले अमेरिकासँगको सहमति अनुसार आफ्नो उत्तर पश्चिम क्षेत्रमा रहेको केन्द्र नष्ट गर्न शुरु गरेको देखिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो इन्जिन परीक्षण केन्द्र नष्ट गर्ने भने पनि कुन नष्ट गर्ने भन्ने कुरा प्रस्त गरेका थिएनन्। प्योङयाङले सुहाइ केन्द्रलार्इ स्याटालाइट प्रक्षेपण केन्द्र भएको बताउँदै आएको थियो। तर अमेरिकाले भने उत्तर कोरियाले त्यहाँ ब्यालेस्टिक मिसाइलहरु परीक्षण गर्दै आएको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली...

Read More

दाइबाट बारम्बार बलात्कृत किशोरीलाई ६ महिना कैद

८ साउन, काठमाडौं । आफ्नै दाजुबाट बारम्बार बलात्कृत भएकी एक १५ वर्षीया किशोरीले गर्भपतन गराएपछि उनलाई ६ महिना कैद सजाय सुनाइएको छ। इन्डोनिसयन अदालतका अधिकारीहरुका अनुसार गतहप्ता ती किशोरीलाई कैद सजाय सुनाइएको हो। सुमात्रा प्रान्तको मुराया बुलियन जिल्लाको अदालतका न्यायाधीश आरिफ बुढाम्यानका अनुसार १७ वर्षीया वर्षिय दाइले पछिल्लो वर्षमा ती किशोरीलाई आठ पटक बलात्कार गरेका थिए। उनका दाइलाई किशोरीमाथि यौन हमला गरिएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ साथै गर्भ बसेको ६ महिनामा गर्भपात गराएको भन्दै किशोरीलाई पनि ६ महिनाको कैद सुनाइएको हो। तर, कतिपयले भने ती पीडित किशोरीलाई सजाय दिन नहुने जिकिर गरेका छन्। तर, इन्डोनेसियामा गर्भपतन...

Read More