|  

कोरोनाका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

२१ असोज,काठमाडौं - सरकारले कोरोना संक्रमणका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर रोकिएका सबै परीक्षा सञ्चालन गर्ने दिने निर्णय भएको बताए । ’

स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सबै तहबाट सञ्चालन हुने परीक्षा सञ्चालनको अनुमति दिने निर्णय भएको छ’ उनले भने । यसआधार अब विद्यालय, विश्वविद्यालय, लोक सेवा आयोग तथा अन्य निकाय र संस्थाका परीक्षाहरु सञ्चालन हुन सक्नेछन् ।