|  

ट्रेन्डिङ दुईमा विपीन कार्कीको 'सेल्फी किङ'

२१ असोज, काठमाडौं । अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ुसेल्फी किङु युट्युबमा राखिएसँगै ट्रेन्डिङ दुईमा पर्न सफल भएको छ। यही असोज १६ मा ओएसआर डिजिटल च्यानलबाट अपलोड भएको फिल्म युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ। यो समाचार तयार पार्दासम्म १० लाख भन्दा बढी भ्यूज पाइसकेको छ। 

गत बर्षको माघमा प्रदर्शनमा आएको फिल्म विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । उनको यो निर्देशन डेब्यु फिल्म हो ।

फिल्ममा अभिनेता विपिनले एक चर्चित ‘सेल्फी किङ’को उपनामले परिचित टेलिभिजन हास्यकलाकारको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको फिल्ममा प्रवल कोइराला र राजेश विसुराल सहनिर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ । 

औसत फिल्म भए पनि विपीन कार्की र लक्ष्मी बर्देवाजस्ता कलकारको अभिनय हेर्न पनि दर्शक आकर्षित भएका हुन्। 'सेल्फी किङ' गत वर्ष माघमा हलमा सार्वजनिक भएको थियो।