|  

बेलायतमा रहेका व्यवसायी विष्णु खरेलद्वारा अनाथ बालबालिका लागी ३ लाख सहयोग

२२ असोज, काठमाडौं - बेलायतमा रहेका नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेलले नेपालका अनाथ बालबालिकाको लागि ३ लाख आर्थिक सहयोग गरेका छन् ।

बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टका संचालक समेत रहेका खरेलले काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई सहयोग उपलब्ध गराएका हुन् ।

जेनि न्यौपानेले नेपालमा सहयोग उपलब्ध गराउन समन्वय गरेका थिए । च्यारिटी डिनरमा बेलिफ रेष्टुरेन्टका नियमित ग्राहकहरुको साथै बेलायतको नेपाली समुदायका मानिसहरुले कोभिड महामारीले निम्त्याएको असहज अवस्थामा पनि च्यारिटी कार्यक्रममा सहभागी भएर सहयोग गरेको जेनी न्यौपानेले जानकारी दिए । त्यस्तै आंउदो दशैँमा पनि विशेष प्याकेजको सहयोग गर्न लागेको समेत उनले बताए ।

बेलायतमा रहि व्यवसायसंगै समाजसेवामा लागेका खरेलले यसअघीपनी नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यस वर्षमात्रै उनले नेपालमा १० लाख रुपैयाँ भन्दा बढीको सहयोग नेपाल पठाइसकेका छन् ।