|  

त्रिविका कर्मचारीहरुमा कोरोना संक्रमण, के रोकिएको परीक्षा मंसिरको दोस्रो साताबाट सञ्चालन होला त ?

२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड १९ को कारण रोकिएको स्नातकोत्तर तहको परीक्षा आगामी मंसिर दोस्रोबाट सञ्चालन गर्ने भएको छ । तर, त्रिवीका कर्मचारी तथा शिाक्षकहरुमा भने कोरोना संक्रमण बढेको बढ्ययै छ ।

आज बिहीबार त्रिविले एक सूचना जारी गर्दै कार्यालय खोलेर नियमित गतिविधि संचालन गर्दै आएता पनि कर्मचारी तथा शिक्षकहरुमा कोरोना संक्रमण दिनप्रतिदन बढ्दै गएकाले मंसिरको दोस्रो साता संचालन गर्ने भनिएको परिक्षा अन्योलमा नरहला भन्न सकिने अवस्था छैन ।  अहिलेसम्म परिक्षा सार्ने विषयमा छलफल भने भएको छैन ।

त्रिबि केन्द्रिय परीक्षा सञ्चालन समितिको असोज ६ गते बसेको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षा आफनो अनुकुलता हेरी सम्बन्धित डिन कार्यालयले मसिंर पहिलो सातापछि सञ्चालन गर्ने निर्णय भएको थियो ।

गत वर्ष चैतदेखिका सेमेस्टर प्रणालीका स्नातकोत्तर तहको सम्पुर्ण परीक्षाहरु मसिंर दोस्रो हप्ताबाट क्रमश सञ्चालन गरिने त्रिबिले जनाएको छ । साथै स्नातक तहको बिसिए कार्यक्रम अन्र्गत पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेष्टरका परीक्षाहरु भने पुस पहिलो हप्ताबाट सञ्चालन गरिने त्रिविले जानकारी दिएको छ ।