|  

अस्पताल ल्याईदैं गर्दा बिरामीको बाटैमा मृत्यु भएको हो : राजमार्ग अस्पताल

२३ असोज,धादिङ - धादिङको मलेखु स्थित् राजमार्ग सामुदायिक अस्पताल ल्याईदै गर्दा एक बिरामीको बाटैमा मृत्यु भएको छ ।

बेनिघाट रोराङ गाँउपालिका स्थित् चरौंदिका अन्दाजी ४५ बर्षिय उत्तम श्रेष्ठलाई उपचारका लागी मलेखु स्थित् राजमार्ग सामुदायिक अस्पताल ल्याईदै गर्दा बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

पहिलेदेखी सुगर र प्रेसरका बिरामी रहेका मृतक श्रेष्ठ घरमै बेहोस भएपछि आफन्तले अस्पताल ल्याएका थिए । तर अस्पताल ल्याउनुअघीनै उनको मृत्यु भैसकेको अस्पतालका चिकित्सक डा. संजय यादवले जानकारी दिनुभयो ।

मृतकको परिवारले पनी श्रेष्ठको, उपचारका लागी ल्याउने क्रममा बाटैमा मृत्यु भएको स्विकार गरेका छन् । अहिले मृतकका परिवारले शव समेत बुझेर लगिसकेको अस्पताल प्रशासनले जनाएको छ ।