|  

रोकिएका सिटिइभिटीका परिक्षा दशैँ पछि पुन: संचालन हुने

२४ असोज, काठमाडौं । कोरोना भाइरसका कारण रोकिएका प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (सिटिईभिटी) अन्तगर्तका परिक्षा दशैँ पछि पुनः संचालन हुने भएको छ । परिषदका अनुसार चैतदेखि स्थगित भएको परिक्षाहरु कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने छ ।

परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।

परिषदले सरकारले तोकेको जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाएर परिक्षा गर्ने बताउँदै परिक्षा तालिका पनि छिट्टै निकाल्ने बताएको छ ।