|  

यसकारण पाकिस्तानले चुपचाप टिकटकलाई प्रतिबन्ध लगायो

२४ असोज,काठमाडौं - पाकिस्तानले चीनको सोसल मिडिया एप टिकटक माथि चुपचाप रूपमा प्रतिबन्ध लगाएको छ । 

पाकिस्तानले टिकटकको माध्यमबाट अश्लीलता सामग्री फैलिएको जसबाट बलात्कार र बालबालिका माथि यौन शोषण बढेको भन्दै टिकटक माथि चुपचाप रूपमा प्रतिबन्ध लगाएको छ । 

पाकिस्तान इस्लामिक राष्ट्र भएका कारण टिकटकबाट आउने अश्लीलतालाई सहन नसकिने पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

कोही खुसी त कोही दुखी

अवश्य पनि टिकटक दुनियाँभरका युवाहरूमा निकै चर्चित एप हो । 

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाएपछि थुप्रै व्यक्तिहरू दुखी छन् भने कोही व्यक्तिहरू खुसी पनि छन् । उनिहरुके मिश्रित प्रतिक्रिया छ । प्रायले टिकटकलाई प्रतिबन्ध लगाएकोमा पाकिस्तान सरकालाई धन्यवाद दिएका छन्, भने कोही लाखौँ फ्यान फलोइङ भएका प्रयोगकर्ताहरू दुखी छन् ।

केहि समय अघि भारतले पनि टिकटकलाई प्रतिबन्ध लगाएको थियो ।