|  

भक्तपुरका गेष्ट हाउसबाट १३ जना पक्राउ

२५ असोज, भक्तपुर । प्रहरीले भक्तपुरका तीनवटा गेष्ट हाउसमा छापा मारेर सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको  छ । गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सूचनाका आधारमा भक्तपुरमा रहेका सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ । 

सुनकोशीबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुषलाई पक्राउ गरिएको छ । बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोट घर भएका नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई प्रहरीले पक्रेको छ ।

गेष्ट हाउसमा महिला राखेर असामाजिक क्रियाकलाप गरेको हुनाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भईरहेको तथा कानुन बमोजिक गेष्ट हाउस सञ्चालकलाई कारवाही हुनेछ ।