|  

बढ्यो सुनको मूल्य : आज कतिमा कारोबार ?

२५ असोज,काठमाडौं - साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।