|  

त्रिबिका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने २ जना पक्राउ

२६ असोज,काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । 

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका वडा नम्वर–६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविन कुमार लामा रहेका छन् । उनीहरुलाई छुट्टछुट्टै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

उपप्राध्यापक चलाउनेमाथि असोज २० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा कुटपिट भएको थियो । कुटपिटपछि उनको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।