|  

राजेश हमाल, वर्षा र प्रकाशको ‘मन्जरी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

२६ असोज, काठमाडौं । महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता हमालले लामो समयपछि अभिनय गरेको यस लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।

सोमबार युट्युबमा सार्वजनिक गरिएको ‘मन्जरी’ बोलको उक्त लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक प्रकाशकै सङ्गीत रहेको छ ।

गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।