|  

आईपीएल: कोलकाताविरुद्ध पहिला ब्याटिङ गर्दै बैंगलोर

२६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को २८औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाहमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा कोलकाता नाइट राइडर्सले इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गराएको छ । ब्यान्टनले स्पिन अलराउन्डर सुनिल नारायणको स्थान लिएका हुन् । ब्यान्टनलाई इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले कोलकाताको डेब्यु क्याप दिएका थिए ।

आक्रामक ब्याटिङका लागि परिचित ब्यान्टनले शारजाहको छोटो बाउन्ड्रीको फाइदा उठाउने अनुमान गरिएको छ । बेंगलोरले टोलीमा एक परिवर्तन गरेको छ । बलिङ लाइनअप बलियो बनाउन तीव्र गतिका बलर मोहम्मद शिराजलाई मौका दिदै गुरक्रित सिंहमानलाई बेन्चमा राखेको छ ।

बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल

कोलकाता प्लेइङ ११ – टम ब्यान्टन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण