|  

सुनको मूल्य ह्वात्तै घट्यो, यस्तो छ आजको कारोबार

२७ असोज, काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।