|  

एप्पलले आइफोन-१२ आज सार्वजनिक गर्दै

२७ असोज, काठमाडौं। अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी एप्पलले आइफोन सिरिजका नयाँ मोबाइल आज सार्वजनिक गर्दैछ। मोबाइलको दुनियाँमा ‘रिभोलुस’ ल्याएको एप्पलले अब आउने मोबाइलले आइफोनको लिस्टमा ठूलो परिवर्तन आउने वाचा गरिसकेको छ।

यस ईभेन्टमा आइफोन लगायत अरु पनि थुप्रै कुराहरु पनि प्रस्तुत गरिनेछ । कम्पनीले यस पल्ट आइफोनको भौतिक स्वरुपमा पनि केही बदलाब ल्याउने भएको छ । 

रिपोर्टको अनुसार आइफोन-१२ प्रो को दुइवटा भर्सन हेर्न पाइने छ । आइफोन १२ ५.४ इन्चको हुने छ । यो भनेको आइफोन एसई जत्रो आकारको हो । आइफोन १२ प्रो भने कम्पनी कै एकदमै ठूलो स्क्रीन भएको ६.७ इन्च डिस्प्ले हुनेछ । 

यो  आइफोनले ५ जी पनि सपोर्ट गर्ने छ । कम्पनीले २०२० को अन्त्य तिर इन्टेलको सट्टा एआरएम प्रोसेसर भएको म्याक पनि ल्याउने बताइएको छ । 

त्यस्तै १२० हर्ज डिस्प्ले हुने चर्चा चलिरहेका छन्। तर, कोरोना भाइरसको महामारीका कारण एप्पलको आइफोन-१२ सधैँ नयाँ डिभाइस सार्वजनिक हुने सेप्टेम्बरबाट पछाडि सरेको थियो।

आज सार्वजनिक हुने सम्भावित डिभाइस र मूल्य

( मोडलहरू: आइफोन १२ वा आइफोन १२ मिनी (५.४ इन्च)को सम्भावित मूल्य ६४९ अमेरिकी डलर, आइफोन १२ म्याक्स (६.१ इन्च) को सम्भावित मूल्य ७४९ अमेरिकी डलर, आइफोन १२ प्रो (६.१ इन्च)को सम्भावित मूल्य ९९९ अमेरिकी डलर , आइफोन १२ प्रो म्याक्स (६.७ इन्च) को सम्भावित १,०९९ अमेरिकी डलर।

सबै भेरियन्टमा ओएलईडी स्क्रिन हुने अनुमान गरिएको छ।