|  

नेकपाले कर्णाली प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौं बोलायो : कारण यस्तो !

२७ असोज,काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशको विवादबारे छलफल गर्न प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौँ बोलाएको छ । 

मंगलबार दिउँसो अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले कर्णाली प्रदेशका सवै पदाधिकारीलाई काठमाडौ आउन पत्राचार गरेको हो ।

उनीहरुलाई बिहीबार काठमाडौ आउन पत्रमा भनिएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन भने सहइन्चार्ज यमलाल कँडेल हुन् । 

कँडेलले नै प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए । त्यस्तै कर्णाली प्रदेका पार्टी अध्यक्ष गोरख बहादुर बोगटी र सचिव मया प्रसाद शर्मा रहेका छन् ।

त्यस्तै उक्त प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीलाई पनि काठमाडौ आउन पत्राचार गरिएको छ ।