|  

हिंसा फैलाउने सामग्रीमाथि फेसबुकको प्रतिबन्ध : केके हुन् त त्यस्ता सामाग्री ?

एजेन्सी - सामाजिक सञ्जाल फेसबुकले पहिलोपटक होलोकास्टलाई अस्वीकार गर्ने वा विकृती ल्याउने कुनै पनि सामग्रीमाथि प्रतिबन्ध लगाउने भएको छ ।

फेसबुकका सिइओ तथा संस्थापक मार्क जुकरबर्गले हत्या, हिंसा, बलात्कार जस्ता घटनालाई फेसबुकमा ठाउँ नभएको बताएका छन् ।  उनले सोसल मिडिया प्लेटफर्ममा लगातार हिंसा भड्काउने पोस्ट शेयर भयरहेको भन्दै यस्ता पोस्टलाई फेसबुकमा कुनै ठाउँ नदिने बताएका छन् ।

जुकरबर्गले लेखेका छन्, ‘स्वतन्त्र बोली र त्यस्ता पोस्टहरूमा प्रतिबन्ध लगाउनेबीच तनावको साथ संघर्ष गर्दै थिए तर यो सही सन्तुलन हो ।’

फेसबुकले हेट स्पिच पोलिसीको अपडेट गरिरहेको बारेमा जानकारी दिँदै जुकरबर्गले भने, ‘हामीले त्यस्ता सबै पोस्ट हटाएका छौँ, जसबाट हत्या, हिंसा, बलात्कार जस्ता दुर्घटनालाई बढावा दिने किसिमका छन् ।’