|  

विराटनगरमा १५ दिनभित्र हजार शैय्याको कोभिड–१९ अस्पताल बनाउन कांग्रेसको माग

२७ असोज, विराटनगर । प्रदेश १ को प्रतिपक्षदल नेपाली कांंग्रेसले विराटनगरमा एक हजार शैय्याको कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । प्रदेश सरकार आइसोलेसन बनाउने निर्णयबाट पछि हटेपछि नेपाली कांग्रेसले कांंग्रेसले १५ दिनभित्र एक हजार शैय्याको कोभिड अस्पताल निर्माण गर्न माग गरेको हो ।

प्रदेश सरकारले भने स्थानीय तह आफैंले आइसोलेन निर्माण गरिरहेकाले विराटनगरमा एकहजार शैय्याको आइसोलेसन आवश्यक नरहेको बताउँदै आएको छ ।

एक महिनाअघि मुख्यमन्त्री शेरधन राईले विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने घोषणा गरेका थिए । नेपाली कांग्रेस संसदीय दलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै एक महिना अघिको निर्णय कार्यान्यन गर्न माग गरेको हो ।

अस्पतालमा भएका आइसोलेसनले धान्न नसक्ने अवस्था आएपछि तत्काल अस्पताल निर्माण गर्नु पर्ने माग कांग्रेसले खाख्दै आएका छन् ।

सरकारी कार्यक्रम, समारोह, हाटबजार, गुद्री र सहरमा कतै पनि स्वास्थ्य प्रोटोकलको पालना नभएको कांग्रसका एक सचेतकले बताए ।

कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको र नागरिकहरुले न्यूनतम उपचार सेवासमेत नपाएको बताउदै  कांग्रसले तत्काल अस्पताल बनाउन आग्रह गरेको जनाईएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोरोना महामारीका बेला सरकार र राज्यका निकायहरु निरीह बनिरहँदा सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेको बताए ।