|  

पुनर्गठित मन्त्रीपरिषदमा प्रचण्डको असन्तुष्टि

२८ असोज, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद पार्टी सचिवालय र स्थायी कमिटि बैठकको निर्णय विपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् विस्तार लगत्तै निकटस्थहरुसँग कुराकानी गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार पार्टी सचिवालय र स्थायी कमिटि बैठकको निर्णयको स्पिरिट विपरीत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रचण्डले भनेका छन्, ‘मन्त्रिपरिषद् विस्तार पार्टी सचिवालय र स्थायी कमिटि बैठकको निर्णय विपरीत छ, त्यो स्पिरिटको विरुद्धमा छ ।’ उनले पार्टीको स्पिरिट अनुसार मन्त्रिपरिषद् विस्तार नभएको बताएका छन् ।

प्रचण्डले मन्त्रिपरिषद विस्तार अगाडि अझै घनिभूत छलफल गरेर मात्रै मन्त्रिपरिषद विस्तार गर्न सुझाएका थिए । तर, ओलीले आजै तीन मन्त्री थपेका छन् ।